जन आकाश
विनोद नेपाली
काठमाडौं । दैलेख जिल्लाको आठबिस नगरपालिकामा आज नेपाली काँग्रेस नगरकार्य समितिले जनताको माग पुरा नगरेको भन्दै नगर सरकार विरुद्ध र्याली प्रदर्शन गरेको छ। नगरको कार्यप्रणालीमा रहेको अनिमियता, भ्रष्टाचार, र गैरजवाफदेही व्यवहारप्रति ध्यानाकर्षण गराउन आयोजित उक्त प्रदर्शनमा नगरकार्य सभापति अर्जुन बहादुर शाहीले पालिकाले जनताका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
शाहीले भनें, हामीले बिभिन्न बिषयमा ज्ञापन पत्र बुझाएका थियौँ, तर आठबिस नगरपालिकाले कुनै सुनवाई गरेन। जनताको माग पुरा नगरेको कारण हामीले यो प्रदर्शन गरेका हौं।
उनले थपे, यस नगरपालिकाले लामो समयदेखि देखाएको अपारदर्शिता, भ्रष्टाचार, पक्षपाती निर्णय र जनगुनासो सुन्ने प्रथाको अभावले जनतामा असन्तुष्टि र निराशा उत्पन्न भएको छ। हाम्रो पार्टी निरन्तर जनताको आवाज उठाउँदै, स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहीको संस्कृति कायम राख्न चाहन्छ।
र्याली प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले नगरपालिकाको कार्यप्रणालीमा सुधार ल्याउन र जनताको माग पुरा गर्नको लागि दबाब दिएका छन्। नेपाली काँग्रेसको प्रदर्शनले आठबिस नगरपालिका प्रशासनको गतिविधि र नेतृत्वप्रति गम्भीर प्रश्न खडा गरेको छ।
आठबिस नगरपालिकामा जवाफदेहिताको बारम्बार प्रश्न उठ्ने गरेको छ । जनताले सास्ती व्यहोर्नु परेको छ । जनप्रतिनिधि जवाफदेही नहुने र प्रशासन ढिलासुस्तीमा रमाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend