logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

उत्कृष्ट करदातालाई सरकारले गर्‍यो सम्मान


  • जन आकाश
  • सोमबार, मंसिर १ २०८२

काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा ठूलो करदाता घोषित हुँदा वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट परेको छ ।



त्यस्तै डाबर नेपाल, आईएमई लिमिटेड, युनिलिभर, नोबेल मेडिकल कलेज तथा अस्पताललगायतका संस्था धेरै कर तिर्नेमा परेका छन् ।
आर्थिक वर्ष २०८०,८१ मा सबैभन्दा बढी आय कर तिर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सबै भन्दा धेरै कर तिरेको छ । बस्तु निर्याततर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल प्रालि रहेको छ ।

सूचना प्रविधि सम्बन्धी सेवा निर्याततर्फ भेरिक्स नेपाल प्रालि रहेको छ । त्यस्तै कृषि एवं पशुपन्छीतर्फ पोषक ब्रिडर फार्म उत्कृष्ट करदाताको सूचीमा परेको छ ।

बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल रहेका छन् ।

त्यस्तै सीडीएस एण्ड क्लियरिङ, उत्पादनमूलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आईएमई लिमिटेड पनि सम्मानित भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend