जन आकाश
काठमाडौं । नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।आईतवार बसेको मन्त्रिपरिषद्को निर्णयले सुमनराज अ¥याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदै छन् । मुख्य सचिवको पद रिक्त हुनु पूर्व नै मुख्य सचिव पदपुर्ति गर्ने चलन रहदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend