जन आकाश
काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। आगामी २०८३ साल कात्तिक १२ गतेदेखि १८ गतेसम्म सात दिन सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्।
मेलामा ग्राहकलाई आकर्षित गर्न विभिन्न विशेष छुट, पुरस्कार तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। ‘टीभीएसमा अपग्रेड गर्नुहुनेहरूलाई, अब टीभीएसको महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने नारासहित आयोजना हुन लागेको मेलाले ग्राहकलाई सहज र लाभदायक रूपमा नयाँ सवारीसाधन खरिद गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ। यस योजनाअन्तर्गत ग्राहकले खरिद मूल्यको शतप्रतिशतसम्म नगद फिर्ता, सुनौलो साँचो वा अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, प्रत्येक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सवारीसाधन मर्मत तथा सर्भिसिङ सुविधा पाउनेछन्।
पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकन गरी ग्राहकलाई बढीभन्दा बढी लाभ उपलब्ध गराउने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता परिचालन गरिनेछ। यसबाट ग्राहकले आफ्ना पुराना सवारीसाधनको आकर्षक मूल्य प्राप्त गरी नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा सहजै परिवर्तन गर्न सक्ने कम्पनीको विश्वास छ।
त्यस्तै, ग्राहकको सुविधालाई ध्यानमा राख्दै नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज किस्ताबन्दीमा वित्तीय सुविधा उपलब्ध गराइनेछ। सम्बन्धित वित्तीय संस्थाका आवश्यक योग्यता तथा सर्त पूरा गर्ने ग्राहकले यस सुविधाबाट लाभ लिन सक्नेछन्।
यस अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक रौनियारले टीभीएसले सधैँ ग्राहकलाई उत्कृष्ट सवारीसाधनसँगै थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राख्दै आएको बताउनुभयो।
उहाँका अनुसार यस मेलामार्फत आकर्षक मूल्यांकन, विशेष छुट तथा सहज वित्तीय सुविधा एउटै स्थानबाट उपलब्ध गराउने प्रयास गरिएको छ। नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा परिवर्तन गर्न चाहने ग्राहकका लागि यो मेला सहज र किफायती अवसर बन्ने उहाँको भनाइ छ।
आकर्षक सट्टापट्टा योजना, विशेष पुरस्कार, अनुभवी मूल्यांकनकर्ता र सहज वित्तीय सुविधाका कारण नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि मेला विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।
ग्राहकको बदलिँदो आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नवीनतम सवारीसाधन तथा ग्राहककेन्द्रित सेवा प्रदान गर्दै आएको जगदम्बा मोटर्सले सम्पूर्ण इच्छुक ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा उपस्थित भई आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराउन र विशेष योजनाको लाभ उठाउन आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend