जन आकाश
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका ६ वटा वडामा खानेपानीको पहुँच विस्तार गर्न करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना अघि बढाइएको छ।
नगरप्रमुख दीपककुमार रिसालको पहलमा गोकर्ण ड्यामबाट साविक जोरपाटी क्षेत्रका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा खानेपानी वितरण गर्ने तयारी गरिएको हो।
नगरप्रमुखको सचिवालयका अनुसार आयोजनाअन्तर्गत पाइपलाइन विस्तार तथा पानी ट्यांकी निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ। निर्माण कार्य केही दिनभित्रै सुरु गर्ने तयारीसमेत गरिएको छ।
आयोजना कार्यान्वयनका लागि सहयोग गर्ने आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडप्रति नगरप्रमुख रिसालले आभार व्यक्त गरेका छन्।
आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यसबाट नगरपालिकाका ६ वटा वडामा खानेपानी आपूर्ति थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend