जन आकाश
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप विस्तार गर्ने उद्देश्यले भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।
भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको छ। सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज र सुरक्षित विकल्प प्राप्त गर्ने भएका छन्।
यस सेवामार्फत ग्राहकले झन्झटमुक्त रूपमा छिटो, भरपर्दो र सुरक्षित तरिकाले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend