जन आकाश
काठमाडौं । शारदा मावि ठोसेको ७४ औ वार्षिकोत्सब सम्पन्न भएको छ। माविका बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष खेटराज घिमिरेको सभापतित्वमा, गोकुलगगा गाउपालिकाका अध्यक्ष काजि बहादुर खडकाको प्रमुख अतिथि, सोहि पालिकाकी उपाध्यक्ष उषादेवी कार्कीको विशेष अतिथि जन प्रतिनिधिहरु, पुर्व शिक्षकहरु, सामाजिक व्यात्तित्वहरु, अबिभावहरु, विद्यार्थीहरुको
उपस्थितिमा विशेष अतिथि उषादेवी कार्कीले दिप प्रज्वल गरि ७४ औ वार्षिकोत्सब भएको हो।कार्यक्रममा उपस्थित सवैलाइ दिल्लिप सुनुवारले स्वगत मन्तव्य राखेका थिए।कार्यक्रमको सन्चालन केसव खडका र भुपेन्द्र केसिले आलोपालो गरेका थिए।
वार्षिकोत्सबमा उत्कृष्ट विद्यार्थी, खेलाडी, कलाकर्मीहरुलाइ सम्मान पत्रले सम्मानित गरिएको छ।उक्त कार्यक्रमको अवसर पारेर जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले लेख्नु भएको मलाइ सुन्दर नेपाल बनाउने रहर छ स्वदेशगान प्रस्तुत गरिएको थियो।
कार्यक्रममा शारदा माविको इतिहास सहित प्रतिवेदन उल्लेख गर्दै भावि योजनाहरु माविकै हेडसर शङखर बस्नेतले पढेर सुनाएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend