जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आज साउन ६ गते नेपाली कांग्रेसले आयोजना गरेको ग्रिन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
ललितपुरको यूएन पार्कबाट सुरु गरिएको ग्रिन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेसका सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्।
प्रतियोगिताका लागि तय गरिएको ५ किलोमिटरको धावनमार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भएका छन्। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे।
त्यसैगरी दोस्रो भएका नरेन्द्रसिंह रावललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ।
प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका अमृत ठकुरीलाई १० हजार र छैटौँ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावनमार्ग छाडेर दौडेकाले उनीहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ।ग्रिन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी बनेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend