logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सिइओ पक्राउ


  • जन आकाश
  • बिहिबार, साउन ७ २०८३

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई काठमाडौं महानगरपालिका(७) सिफलबाट बिहीबार पक्राउ गरेको हो।



उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए। फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो।अहिले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend