logo शनिबार, साउन ९ २०८३ | Saturday 25th July 2026

मुुगुुमा पहिरो एकजनाको मृत्युु ७ परिवार प्रभावित


  • जन आकाश
  • शनिबार, साउन ९ २०८३

 



काठमाडाैं ।  । मुगुको मुगुम कार्मारोङ गाउँपालिका (५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो ।

गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा (आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ। उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ । घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले बताए।

उक्त स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री कमाण्डमा ७ जनासहित छायल प्रहरी चौकीबाट ६ जनाको टोली घट्नास्थलतर्फ हिँडेको छ भने पुलुमा रहेका प्रहरी र स्थानियहरुले अहिले उद्धार गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend