logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

काठमाडौमा प्रहरीले गाजा पक्राउ गरेर किर्तिमान हाशिल गरेको छ


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं । काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना मानिसलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।



बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको उल्लेख छ ।

हरायो सदनमा गाजाको चर्चा
नेपालमा गाजाको खेती गर्न पाउनुुपर्छ भनेर नेपालमा धेरै अगाडी देखि सदनमा समेत कुरा उठदै आएको छ । नेपालमा गाजाको तेल औषधी बनाउन प्रयोग हुने र नेपालका पाहाडी क्षेत्रमा हुने गाजा बस्तु भाउहरुलाई पखला लाग्दा खुवाएमा विशेक हुने भनेर स्थानीय औषधीको रुपमा समेत प्रयोग गर्दै आएका छन् । प्रहरीले भने नेपालको गाजालाई लागु औषधको रुपमा केश चलाउदै आएको छ । यो ऐनलाई सुधार गर्न तत्कालीन नेकपा एमालेको सरकार भएको बेलामा कोशिस गरिएको थियो । नेपालले गाजाको तेल, गाजाको बोटवाट बनेका लत्ता, कपडा विश्व बजारमा अधिक माग हुने गरेको छ । तर नेपाल सरकारको प्रहरी भने यस्ता महत्वपूर्ण काम गर्न छोडेर ५० ग्राम गाजा पक्राउ गर्न सफल भएमा समाचार बनाउदै बसेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend