logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

बिपी, कान्तिपथ, अरनिको र मेची राजमार्ग  बाढीपहिरोले प्रभावित


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं । आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । बाढीपहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको हो । बिहान साढे ६ बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट(नेपालथोक(कटुन्जेबेसी, कान्तिलोकपथको हेटौंडा(ठिंगन(बागमती(ललितपुर, अरनिको राजमार्गको ततोपानी जाने बाटो र कोदारीमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।



यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम, खोटाङको साखा क्षेत्रमा पनि सडक एकतर्फी भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend