logo सोमबार, साउन ११ २०८३ | Monday 27th July 2026

सुनसरीको देवानगन्ज क्षेत्रमा कर्फ्यू तोडेर प्रदर्शन, नेपाली सेना परिचालन


  • जन आकाश
  • सोमबार, साउन ११ २०८३

काठमाडौं । सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति यहाँ तनावको स्थिति सिर्जना भएको थियो। घटनामा एक जनाको मृत्यु भएको थियो भने ९ जनामाथि गोली लागेको थियो।



यो घटनापछि प्रशासनले कर्फ्यू जारी गरे पनि उल्लंघन गर्दै आज मध्याह्नदेखि प्रदर्शन सुरू भएको छ। प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।

देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend