logo सोमबार, साउन ११ २०८३ | Monday 27th July 2026

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन


  • जन आकाश
  • सोमबार, साउन ११ २०८३

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन्।



उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा सोमबार प्रदर्शन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend