logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु


  • जन आकाश
  • मंगलबार, साउन १२ २०८३

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ। यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले लघुवित्त पीडितले न्याय नपाएको भन्दै आमरण अनशन सुरु गरेको हो ।



संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि कम्पाउन्ड ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन् ।

सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ । संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend