जन आकाश
काठमाडौं । आज रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् ।
सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । तराई(मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । तर, सोही विषयमा छलफल गर्न बसेको बैठकमा दुई मन्त्री बालेन साह र सुदन गुरुङ उपस्थिति छैन ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सहभागी भएका छन् ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend