जन आकाश
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालयमा राखिएको छ।श्रेष्ठलाई श्रद्धाञ्जली दिन रास्वपा सभापति लामिछाने सानेपा पुगेको उनको सचिवालयले जनाएको छ।
सानेपामा रास्वपा सभापति लामिछाने कांग्रेस सभापति गगन थापासँगै देखिएका छन्। श्रेष्ठको मंगलबार दिउँसो ललितपुरको हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend