logo बुधबार, साउन १३ २०८३ | Wednesday 29th July 2026

रास्वपाको प्रस्ताव,१६ वर्ष पुगेकालाई पनि मतदान अधिकार दिनुपर्ने माग


  • जन आकाश
  • बुधबार, साउन १३ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ । हाल १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।



‘१६ वर्षमा मतदान गर्न दिनुपर्छ भन्दै आएको व्यक्ति हो,’ रास्वपाका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने, ‘यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यसले युवालाई प्रोत्साहन नै गर्छ ।’

रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले बुधबारको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा यस्तो बताएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend