जन आकाश
काठमाडौ । बैठक असार ३१ गतेयता पहिलो पटक बैठक बसेको हो। आजको बैठकमा दुइटा कार्यसूची छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्वसदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अहिले दलका सांसदहरूले बोल्ने क्रम जारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend