logo बिहिबार, साउन १४ २०८३ | Thursday 30th July 2026

प्रधानमन्त्रीले संसदको चरम अपमान गरे,अर्जुननरसिंह केसी


  • जन आकाश
  • बिहिबार, साउन १४ २०८३

काठमाडौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीबाट संसदलाई उपेक्षा भएको बताएका छन्।आजको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले ४४ दिन संसद बैठक चल्दा प्रधानमन्त्री ७ दिन लगभग दुईरतीन घन्टा संसदमा उपस्थित भएको पनि उनले बताए।



‘सांसदहरूले स्पष्टीकरणको माग निरन्तर उठाउँदा प्रधानमन्त्रीको उपेक्षा र अनुत्तरदायीले संसदको चरम अपमान भएको छ, यस्तो आत्मकेन्द्रित सोच र अहंकार हुकुमी प्रवृत्ति हो,’ उनले भने।

नागरिकका आधारभूत आवश्यकताप्रति राज्यको चरम उपेक्षा, सुनसरी देवानगञ्जको गोली कान्ड र सेना परिचालनको स्थिति दुर्भाग्यपूर्ण मात्र नभई यो धर्म सम्प्रदाय र संस्कृति बीचको हाम्रो एकता र विशेसतालाई गम्भीर चुनौती पनि भएको उनले बताए।

‘सुकुम्बासी र लघुवित्त पीडित बिचल्लीमा छन्। महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर छ तर सरकारमा गाम्भीर्यता देखिन्न। के अत्यधिक बहुमतको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन फेसबुकबाट चल्ने होरु’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend