जन आकाश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका(३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका(६ को सैनिक चोकदेखि दक्षित तर्फ गोलबजार नगरपालिका(४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend