logo शुक्रबार, साउन १५ २०८३ | Friday 31st July 2026

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल


  • जन आकाश
  • शुक्रबार, साउन १५ २०८३

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।



नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो।विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ । यही सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।

नेपालकोसंविधानलेप्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। तर, कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन ।

यस्ता घटनाले केवल शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र असर पुर्याउँदैन, आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्दछ। विशेष गरी यसले सबैलाई असर पुग्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय यसबाट चिन्तित रहेको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न हार्दिक आग्रह गर्दछ । साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाईशान्ति, सरुक्षा र नागरिककोजनधनकोसंरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गर्दछ ।

अन्त्यमा, हामी सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान तथा सहिष्णुतालाई अझ सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend