जन आकाश
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको सीआईबीले जनाएको छ। सीआईबीले सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउन काम गराएको आरोपमा भण्डारी माथि अनुसन्धान गरिरहेको थियो।
दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमले २०७० वैशाखमा अनुमति पाएको थियो। तर अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो।
यसपछि टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल स्वतः प्राधिकरणको स्वामित्वमा जानु पर्ने थियो।
लाइसेन्स खारेजीपछि स्मार्ट टेलिकमको व्यवस्थापनका लागि सरकारले नियमावली नै बनाएर प्राधिकरणमार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो।ब्युरोले वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्रेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend