जन आकाश
काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको थियो ।
त्यसपछि यही विषयलाई कारण देखाउँदै तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका छन् । कर्फ्यु लगाउँदै सेना परिचालन गरिएको छ । अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।
यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रीत बनाइएको हो । स्रोत साधनको परिचालन, प्रभाकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरुलाई परिचालन गरिएको हो । उनीहरुले प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सहजीकरण गर्ने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend