logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आरोहीहरू साहस र समर्पणका कारण सधैँ अमर रहन्छन्-प्रधानमन्त्री बालेन


  • जन आकाश
  • आइतबार, साउन १७ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।



शनिबार फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेनले पुर्जासहित १० जना आरोहीहरूको निधन भएको घटनामा दुःख व्यक्त गरेका हुन्। बिहीबार आरोहणका क्रममा पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली हिमपहिरोमा परी बेपत्ता भएका थिए। शनिबार दिउँसोसम्ममा दसै जनाको निधन भएको पुष्टि भएको छ। प्रधानमन्त्री बालेन शाहले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आरोहीहरू सधैँ अमर रहने बताएका छन्।

आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् उनले भनेका छन्।

निर्मल पुर्जा लगायतका सबै दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको तर उनीहरुको साहस, समर्पण र योगदानको इतिहासमा सधैँ प्रेरणायुक्त र जीवित रहिरहने प्रधानमन्त्री बालेनले बताएका छन्। प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति पनि समवेदना व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend