logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ग्यास अभावबीच टेकुबाट पाँच कम्पनीको एलपी ग्यास बिक्री सुरु


  • जन आकाश
  • आइतबार, साउन १७ २०८३

काठमाडौं ।



काठमाडौं । काठमाडौं उपत्यकामा ग्यासको उच्च मागलाई लक्ष्य गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ।

बिहान ११ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिरहेको छ।

खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।

गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ। उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन्।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ। अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend