logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विराटनगरस्थित देवनरा समूहको घर र कार्यालयमा प्रहरीको छापा


  • जन आकाश
  • सोमबार, साउन १८ २०८३

काठमाडौ । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।



अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो । देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ । बाबा आयल र हाइलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्छ । देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend