logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मधुर दाहालको नेतृत्वमा मोबाइल संघमा नयाँ कार्यसमिति चयन


  • जन आकाश
  • सोमबार, साउन १८ २०८३

काभ्रे । काभ्रे मोबाइल व्यवसायी संघमा मधुर दाहालको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको प्रथम साधारण सभा एवं अधिवेशनले उपाध्यक्षमा पूर्णराम तुलाधार, सचिवमा पवनराज कर्णजित, कोषाध्यक्षमा दामोदर चौलागाई, सह–सचिवमा उत्सव ढुंगाना, सह–कोषाध्यक्षमा बेदप्रसाद तिमल्सेना र सदस्यहरुमा सन्दिप अधिकारी, दिवाकर अधिकारी र प्रतिमा पौडेल सापकोटा निर्विरोध निर्वाचित गरेको छ ।



साधारणसभाको उद्धघाटन समारोहमा नेपाल मोबाइल व्यवसायी महासंघ का अध्यक्ष रमेशकुमार घिमिरे, महासचिव छतेन्द्र आचार्य, बाग्मती प्रदेश अध्यक्ष एशिस रिजाल, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, बि.एन. ट्रेडर्सका सञ्चालक विष्णु न्यौपाने, नेपाल मोबाइल व्यवसायी महासंघ, काठमाडौं जिल्ला अध्यक्ष जनक बस्नेत, काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष सत्य श्रेष्ठ, उपाध्यक्ष प्रेम दाहाल, सचिव पवनराज कर्णजित, कोषाध्यक्ष मधुर दाहाल लगायतले सम्बोधनका क्रममा सूचना प्रविधीको युगमा मोबाइल र संलग्न व्यवसायका चुनौती र अबसरबारे चर्चा गरेका थिए ।

बन्दसत्रले वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै आगामी कार्यकालमा नयाँ नेतृत्वले व्यवसायीहरूको हित, संस्थागत सुदृढीकरण तथा नीतिगत सुधारका लागि सक्रिय रूपमा काम गर्नुपर्ने सुझावसमेत राखेका थिए ।

नवनिर्वाचित कार्यसमितिले अब जिल्लाभरका मोबाइल व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री नीति निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय तथा व्यवसायीहरूबीच संस्थागत एकता अझ सुदृढ बनाउने जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend