logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रोमानियामा रेल दुर्घटनामा दुई नेपालीको मृत्यु


  • जन आकाश
  • सोमबार, साउन १८ २०८३

काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन्।



मृतकहरू २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको बताइएको छ।दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३स्२१ बजे भएको हो। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाको जानकारी प्राप्त भएको बताए।

‘बिहानै दुःखद घटनाबारे जानकारी आएको छ। दूतावासले आवश्यक समन्वय गरिरहेको छ,’ साहले नेपालखबर प्रतिनिधिसँग भने। जर्मनीको बर्लिनस्थित नेपाली दूतावासबाट रोमानिया लगभग २ हजार किलोमिटर टाढा पर्छ। लगभग ५० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend