जन आकाश
काठमाडौं । नेपाली सेनाको अनुरोध अस्वीकार गर्दै काठमाडौँको गोकर्णेश्वर नगरपालिका(४) स्थित नेपाल ट्रस्टको जग्गामा सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएको छ। नेपाली सेनाको संरक्षणमा रहेको उक्त जग्गाबाट करिडोरको बाटो खुलाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले बताए।
सोमबार सांसद राजु पाण्डेसहितको टोली सरकारी डोजर लिएरै त्यहाँ पुगेको थियो। आफ्नो संरक्षणमा रहेको जग्गामा डोजर चलाउन थालेपछि नेपाली सेनाका अधिकृतले आवश्यक प्रक्रिया पूरा नगरी डोजर नचलाउन अनुरोध गरेका थिए। तर सांसद पाण्डेले सबै प्रक्रिया पुगिसकेको भन्दै डोजर नरोक्ने अडान लिए। त्यसपछि सेनाका अधिकृतले लिखित पत्र माग गरेका थिए।
आफू प्रधानमन्त्रीसँग छलफल गरेर र प्रधानमन्त्रीको आदेश लिएरै आएको बताउँदै पाण्डेले कुनै पनि हालतमा डोजर नरोकिने र करिडोरको बाटो खोलेरै छाड्ने बताएका थिए।
सांसद पाण्डेले त्यहाँ जानु पहिले नै स्थानीय जनप्रतिनिधिलाई आफूले प्रधानमन्त्री वालेन्द्र शाह बालेन सँग छलफल गरिसकेको बताउँदै तयारी अवस्थामा बस्न भनेका थिए। त्यसपछि स्थानीय प्रतिनिधि र स्थानीय जम्मा भएर ट्रस्टको जग्गामा डोजर चलाइएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend