logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको भेट, राजनीतिक विषयमा छलफल


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिमका प्रतिनिधि सभा सांसदहरूसँग छलफल गरिरहेका छन्। मंगलबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुदूरपश्चिमका सांसदहरूसँग छलफल भइरहेको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए।उनका अनुसार अहिले आठ जना सांसदहरूसँग समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको हो।



तारा जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, केपी खनाल, ज्ञानेन्द्र महता र जगत जोशीसँग छलफल सुरू भएको हो।यसअघि प्रधानमन्त्री शाहले अन्य प्रदेशका सांसदहरूसँग पनि प्रदेशगत रूपमा छलफल गरेका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend