logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सुनसरी झडपमा प्रहरी गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज(३) का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।



प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको खबर आएको बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’

१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज(४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज(३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

शुक्रबार बिहान सरकारसँगको सातबुँदे सहमति पछि दुवै जनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरी गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend