logo बुधबार, साउन २० २०८३ | Wednesday 5th August 2026

देभको इन्जिनियरिङमा नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट


  • जन आकाश
  • बुधबार, साउन २० २०८३

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोकेबमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering & Builders Pvt. Ltd.)देभको इन्जिनियरिङमा नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट देभको इन्जिनियरिङमा नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छु ले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।



इन्जिनियरिङ क्षेत्रका विज्ञहरू घर निर्माण गर्नुअघि सही योजना, प्राविधिक डिजाइन र संरचनात्मक विश्लेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । यही आवश्यकतालाई ध्यानमा राखेर देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरुका लागि नक्सा डिजाइन तथा सम्बन्धित इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार घर निर्माणको प्रारिम्भक चरणमै जग्गाको अवस्था, भवनको आवश्यकता, उपलब्ध क्षेत्रफल, परिवारको जीवनशैली, बजेट तथा संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गर्नुपर्छ । यसका लागि देभको इन्जिनियरिङले घर बनाउने जग्गाको वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ (Architecture Drawing, Structural Drawing, Structural Analysis) तथा थ्री–डी भिजुअलाइजेसन (3D Visualization) लगायत सेवा एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ ।

घर निर्माणमा सबैभन्दा पहिले जग्गाको अवस्था र उपलब्ध स्थानको उचित अध्ययन गर्नुपर्छ । त्यसपछि ग्राहकको आवश्यकता र भवनको उपयोगिताअनुसार प्रारिम्भक योजना तयार गर्नुपर्छ । देभको इन्जिनियरिङले यही प्रक्रियालाई व्यवस्थित गर्दै ग्राहकको आवश्यकताअनुसार वास्तु तथा डिजाइनसम्बन्धी परामर्श उपलब्ध गराउने जनाएको छ ।

वास्तु विश्लेषण र आर्किटेक्चर ड्रइङ
घर निर्माणका क्रममा भवनको डिजाइन महत्वपूर्ण चरण हो । कम्पनीका अनुसार जग्गाको आकार, सडकको पहुँच, भवनको दिशा, खुला स्थान, प्रकाश तथा हावाको व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर डिजाइनसम्बन्धी परामर्श प्रदान गर्नेछ ।

त्यसपछि घरको आवश्यकता र ग्राहकको प्राथमिकताअनुसार आर्किटेक्चर ड्रइङ तयार गर्ने कम्पनीले जनाएको छ । फ्लोर प्लान, इलेभेसन, स्पेस प्लानिङ ९ँयियच एबिल, (Floor Plan, Elevation, Space Planning)  लगायत वास्तुकला तथा डिजाइन पक्षलाई समेटेर आधुनिक र व्यावहारिक घरको अवधारणा विकास गर्ने लक्ष्य कम्पनीको छ ।

स्ट्रक्चरल ड्रइङ र स्ट्रक्चरल एनालाइसिस
भवनको डिजाइन आकर्षक हुनुका साथै संरचनात्मक रूपमा सुरक्षित पनि हुनुपर्छ । यसका लागि कम्पनीले स्ट्रक्चरल ड्रइङ तथा स्ट्रक्चरल एनालाइसिस सेवासमेत उपलब्ध गराउनेछ । भवनको संरचना तयार गर्दा त्यसको प्रकार, तल्ला संख्या, भार, प्रयोग हुने संरचनात्मक प्रणाली तथा सम्बन्धित प्राविधिक मापदण्डलाई ध्यानमा राखेर आवश्यक इन्जिनियरिङ डिजाइन तयार गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार स्ट्रक्चरल एनालाइसिसले प्रस्तावित भवनको संरचनात्मक व्यवहार तथा आवश्यकताबारे प्राविधिक अध्ययन गर्न सहयोग गर्छ । स्ट्रक्चरल ड्रइङले निर्माणका क्रममा आवश्यक संरचनात्मक विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्छ ।

निर्माणअघि नै घरको थ्री–डी स्वरूप हेर्न सकिने
घर निर्माणको योजना बनाउने क्रममा ग्राहकले आफ्नो भावी घर कस्तो देखिन्छ भन्ने बुझ्न थ्री–डी चित्रण (3D Visualization) उपयोगी हुन्छ । थ्री–डी भिजुअलाइजेसनले घर तयार भएपछि देखिने बाहिरी स्वरूप र डिजाइनलाई निर्माण सुरु हुनुअघि देखाइदिन्छ । यसले ग्राहकलाई डिजाइन परिर्वतन वा सुधारबारे निर्णय लिन सजिलो बनाउँछ ।

नक्सा डिजाइनमा ३३ प्रतिशत छुट
कम्पनीले घर निर्माण गर्न लागेका ग्राहकलाई लक्ष्य गरी नक्सा डिजाइनसम्बन्धी सेवामा ३३ प्रतिशत छुट घोषणा गरेको हो । कम्पनीका अनुसार यसअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस, थ्री–डी एनालाइसिस लगायत डिजाइनसम्बन्धी सेवामार्फत ग्राहकलाई एकीकृत डिजाइन समाधान उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

कम्पनीले ग्राहकलाई घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर योजना अघि बढाउन आग्रह समेत गरेको छ । ग्राहकले कम्पनीबाट आफ्नो जग्गाको अवस्था, घरको आवश्यकता र बजेटअनुसार डिजाइनसम्बन्धी परामर्श लिन सक्नेछन् । कम्पनीले आधुनिक डिजाइन, प्राविधिक दक्षता र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै घर निर्माणसम्बन्धी डिजाइन सेवामा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

देभको इन्जिनियरिङले आवासीय घर÷भवनको डिजाइन र नक्सा तयारी, राष्ट्रिय भवन संहिताले तोकेको मापदण्ड बमोजिमको गुणस्तरीय घर निर्माण र त्यसको फिनिसिङ समेत सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै आएको छ । कम्पनीले सुरुदेखि अन्त्यसम्म दक्ष र व्यावसायिक इन्जिनियर एवं प्राविधिकको प्रत्यक्ष रेखदेखमा भवन निर्माण गर्छ । कम्पनीका दक्ष र अनुभवी इन्जिनियरले निर्माणस्थलको अवस्थालाई ध्यानमा राखेर डिजाइन गर्ने हुँदा घर निर्माणको लागत समेत तुलनात्मक रुपमा निकै कम पर्न जान्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend