logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ललितपुरको ग्वार्कोमा बस ठोक्किँदा एक महिलाको मृत्यु


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ ।



बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो  । एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका(३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend