logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो, निम्सदाइको शवबारे अझै निर्णय भएन


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको साताको हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव बिहीबार साँझ करिब ४ बजे काठमाडौं ल्याइएको छ।



सगरमाथा आरोही तथा गाइड पेम्बा शेर्पाका अनुसार हाल पुरबहादुर गुरुङको शव मात्रै नेपाल ल्याइएको हो। उनका अनुसार हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निम्सदाइ (निर्मल पुर्जा) को शव नेपाल ल्याइने वा बेलायत (लण्डन) लगिने भन्ने विषयमा अझै अन्तिम निर्णय भएको छैन।

गत साता ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा १० जना पर्वतारोहीको मृत्यु भएको पुष्टि भइसकेको छ। उनीहरू नेपाल, बेलायत, अमेरिका, चीन, पाकिस्तान र ओमानका नागरिक थिए।

मृत्यु हुने ६ नेपाली
हिमपहिरोमा ज्यान गुमाउने नेपाली पर्वतारोहीहरूस्

निर्मल पुर्जा (निम्सदाइ) – बेलायती–नेपाली पर्वतारोही
पुरबहादुर गुरुङ (युक्त)
निमा शेर्पा
किली पेम्बा (किलु) शेर्पा
ग्यालु शेर्पा
न्वाङ थिन्दु शेर्पा
अन्य चार विदेशी
दुर्घटनामा ज्यान गुमाउने अन्य विदेशी पर्वतारोहीस् सोहेल साखी (पाकिस्तान)
वाङ झोङ (चीन)
नाधिरा अहमद अल हार्थी (ओमान)
मलोरी गाइस (अमेरिका)
पछिल्लो अवस्था

पाकिस्तान सेना, स्थानीय उद्धार टोली र अनुभवी शेर्पाहरूको सहयोगमा सबै १० जनाको खोजी तथा शव व्यवस्थापनको काम सम्पन्न भएको छ। उद्धार टोलीले यसलाई ब्रोड पिकको इतिहासकै सबैभन्दा कठिन शव उद्धार अभियानमध्ये एक मानेको छ। केही शव स्कार्दु पुर्‍याइसकिएको छ भने सम्बन्धित देशसँग समन्वय गरी स्वदेश पठाउने प्रक्रिया जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend