जन आकाश
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा हुने भएको छ ।पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका ‘निम्स दाइ’को अन्तिम बिदाइ लन्डनमा हुने भएको हो
परिवार लन्डनमा बस्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्त्येष्टि गर्ने तयारी गरिएको हो । अन्त्येष्टिपछि उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र बाल्यकाल बिताएको चितवनमा पनि स्मृति कार्यक्रम आयोजना गरिने परिवारले जनाएको छ ।
साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी १० सदस्यीय आरोही टोलीका नेता रहेका पुर्जाको निधन भएको थियो । साउन १७ गते शव पहिचान भए पनि प्रतिकूल मौसम र शव रहेको स्थान अत्यन्त जोखिमपूर्ण भएकाले उद्धारमा ढिलाइ भएको थियो । बुधबार मात्रै कठिन अभियानपछि उहाँको शव बेसक्याम्पमा ल्याइएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend