logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने घोषणा


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन्। बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै हसिनाले बंगलादेश फर्कने घोषणा गरेकी हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा पनि डिसेम्बरमा स्वदेश फर्किने योजना रहेको बताएकी थिइन्।



उनले यसपटक भने आफैले घोषणा गरेकी हुन्। म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि कैयौं पटक गिरफ्तार भइसकेको छु। यसअघि पनि देश फर्किएकै थिएँ। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति भरोसा छ,ु उनले भनिन्।

तारिख र समय भने अरू कुनै दिन जानकारी दिने हसिनाले बताइन्। बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन्।

सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइएको थियो। सो मुद्दामा गत नोभेम्बरमा फैसला गर्दै त्यहाँको विशेष न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएको थियो।

मुद्दा नचलाइकन र फैसला आएपछि पनि बंगलादेश हसिनालाई फिर्ता पठाउन पटक(पटक) भारतलाई आग्रह गरे पनि भारतले मानेको थिएन। अब भने हसिना आफै स्वदेश फर्किने बताएकी हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend