logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं।  पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ। उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।



ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको थियो ।

अन्त्येष्टि अघि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए । गृहमन्त्री गुरुङले पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend