जन आकाश
कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको भवन निर्माण कार्य तोकिएकै सम्पन्न भएको छ । निर्माण कम्पनीले सम्झौता बामोजिम नै तोकेकै समयभित्र कार्यालय भवन निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हो । निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सनले तोकिएको समय सीमाभित्रै निर्माण कार्य पूरा गरी उदाहरणीय काम गरेको भनि गाउँपालिकाले रोयल कन्ट्रक्शन कम्पनीलाई सम्मान पत्रले सम्मान गरिउको थियो कम्पनीलका अध्यक्ष प्रकाशबहादुर सेठीले सम्मान पत्र बुुझ्दै भने, निर्माण प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण निकाय तथा सरोकारवालाहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।

सेठीले निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन र तोकिएकै समयमा पूरा गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यालय प्रमुखका साथै कार्यालयका प्राविधिक टोलीले खेल्नुभएको भूमिकाको अत्यन्तै सौहार्दा रहेको उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयको बजेटमा सञ्चालित उक्त निर्माण आयोजनाका लागि समयमै बजेट भुक्तानी तथा वित्तीय सहजीकरण गरिदिएको भन्दै सेठीले अर्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागको टोलीप्रति विशेष धन्यवाद दिए ।
कामका क्रममा हामीलाई प्राप्त सम्मान, हौसला र सहयोगले निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन ठूलो मद्दत पुगेको छ । सेठीले थपे । हाम्रो कम्पनी, प्राविधिक टोली तथा सम्पूर्ण मजदुर साथीहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण अभिभावक तथा सरोकारवालाप्रति रोयल कन्स्ट्रक्सन परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend