जन आकाश
काठमाडौं । तीनदिन देखि बेपत्ता भएका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ। आइतबार कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
‘उहाँको शव केहीबेर अगाडि फेला परेको छ,’ उनले भने, ‘अनुसन्धान गरिरहेका छौं।’ ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारलाई सम्पर्क गरेका थिए। सम्पर्क गरेको क्षेत्रबाटै उनको शव फेला परेको एसपी भट्टले बताए।सिंह २०७४ सालमा कपिलवस्तु नगरको मेयरमा कांग्रेसबाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend