logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्री बालेनले सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै


  • जन आकाश
  • आइतबार, साउन २४ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्न लागेका हुन्।त्यस्तै दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री शाहले दुबैसँग एक्लाएक्लै भेटवार्ता गर्ने तयारी गरिरहेका छन्।



चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएका शाहले चार महिना पछि मात्र दुवै मुलुकका राजदूतसँग भेटवार्ता गर्न लागेका हुन्। यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालका लागि विभिन्न मुलुकका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट्न अस्वीकार गरेका थिए। त्यस्तै भेटवार्ता तय नहुँदा भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि अन्तिम समयमा रद्द भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend