जन आकाश
भक्तपुर । सूर्यविनायकस्थित उत्साहित सुधार केन्द्रमा सुधारका लागि राखिएका ४२ वर्षीय उमेश खड्कीको मृत्यु भएपछि परिवारले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेकाछन् ।
परिवारका अनुसार खड्कीको शवमा निलडाम तथा चोटपटकको निशान देखिएका छन्। त्यसैले मृत्युको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष अनुसन्धान, पोस्टमार्टम तथा आवश्यक वैज्ञानिक परीक्षण गर्न परिवारले सम्बन्धित निकायसँग माग गरेको हो।
घटनामा कसैको लापरवाही, कुटपिट वा अन्य गैरकानुनी गतिविधि भएको अनुसन्धानबाट पुष्टि भए दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने परिवारको माग छ। साथै सुधार केन्द्रमा रहेका अन्य व्यक्तिको सुरक्षा तथा मानवअधिकारको अवस्थाबारे समेत तत्काल छानबिन र अनुगमन गर्न परिवारले आग्रह गरेको छ।
घटनाको सत्यतथ्य सार्वजनिक गरी परिवारलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने मृतकका परिवारजनले बताएका छन्। हाल मृतकका परिवारजनले सूर्यविनायकस्थित उत्साहित सुधार केन्द्र अगाडि आन्दोलन गरिरहेका छन्।
परिवारले घटनाको निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न तथा दोषी देखिए कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend