logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कर्णालीमा चाँडै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री शाहीको दाबी


  • जन आकाश
  • आइतबार, साउन २४ २०८३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने उनको भनाइ छ।



मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको नजिक पुगेका दावी गरे। केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ।

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको तर्क पनि उनले गरे।‘मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम रोकिएको छैन,’ उनले भने।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएका हुन्।तर दुई साता बितिसक्दा पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend