जन आकाश
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुुल्ला पत्र लेख्दै यस्तो माग गरेका हुन् ।
उनले पत्रमा भेनका छन् । “पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गर्दछौ ।
एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेतृत्व र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएको छ । उनको असाधारण उपलब्धिले नेपाललाई विश्वसामु गौरवका साथ चिनाउन महत्वपूर्ण योगदान गरेको पत्रमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend