जन आकाश
काठमाडौं । आज साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको भिड लागेको छ । साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ सहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।
विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनाका सोमबार व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।
काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend