logo सोमबार, साउन २५ २०८३ | Monday 10th August 2026

मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रामा राप्रपा अध्यक्ष लिङ्देन सहभागी


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रामा सहभागी भएका छन्। नेपाल सनातन धर्म संस्कृति संगठनले साउनको अन्तिम सोमबार आयोजना गरेको धार्मिक यात्रामा अध्यक्ष लिङ्देन सहभागी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।



यात्रामा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद खुस्बु ओलीलगायत नेताहरूको पनि सहभागिता रहेको थियो। सनातन हिन्दु राष्ट्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले धार्मिक यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend