logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिरहामा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आइतबार राति भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर साँझ करिब ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend