जन आकाश
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन्। व्यवसायीहरूले वैज्ञानिक सेवा शुल्क लागू गर्नुपर्ने, हवाई भाडा नियमन गर्नुपर्ने, वैदेशिक रोजगार व्यवसायीमाथिको राज्यको दमन बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।
धर्नाका क्रममा व्यवसायीहरूले ‘वैदेशिक रोजगार बाध्यता होइन, आवश्यकता हो’, ‘वैदेशिक रोजगार व्यवसायीको सम्मान गर’, ‘व्यवसायीमाथि राज्यको दमन बन्द गर’ र ‘अर्थतन्त्रमा योगदान दिने व्यवसायीको सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend