logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।



इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका(३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो । शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।

पर्सामा सोमबार साँझ नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend