logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रवीन्द्र मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।



सोमबार मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

सहमतिमा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिए प्रचलित कानुनबमोजिम तत्काल कारबाही अघि बढाउने उल्लेख छ। यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतलगायत विषयमा आवश्यक छानबिनसमेत तत्काल सुरु गरिने भएको छ।

सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने सहमति भएको छ। साथै, घटनाबारे गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनअनुसार कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ।

त्यसैगरी, मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज–३, सुनसरी लगेर अन्त्येष्टिको व्यवस्था सरकारले गर्ने सहमति भएको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा चालु वर्षमै बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend